काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा रद्द भएको छ। महाकुम्भ मेलाको अवसर पारेर भारत जाने योजना भए पनि उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण स्थगित गरिएको हो । देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्न कूटनीतिक पहल गरे पनि सम्भव नभएपछि भ्रमण रद्द गरिएको जनाइएको छ ।
इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट’ कार्यक्रममा उनी वक्ताका रूपमा आमन्त्रित भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मात्रै भेट हुने भएपछि भ्रमण स्थगित गरिएको हो ।