धनगढी । कैलालीबाट प्रहरीले एकै दिन ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । बुधवार धनगढी उपमहानगरपालिका – ५ हसनपुर पिपलचौतारा नजिक र कैलारी गाउँपालिका – ४ भितरियाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७ लाख १८ हजार १२० रुपैयाँ बराबरका समान बरामद गरिएको छ ।
जसमा विभिन्न किसिमका कपडाहरू, मिठाई, प्रसाद दाना, पापड लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यसैबिच बुधवार नै कञ्चनपुरबाट पनि प्रहरीले १ लाख १४ हजार ४६० रुपैयाँ बराबरको सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका – सुकाशाल र भीमदत्त नगरपालिका – १० जिमुवाबाट कस्मेटिक लगायतका सामान बरामद गरिएको हो ।