धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी आर्मी ब्यारेक जनिकै सुविधा सम्पन सुदुरपश्चिम राजधानी रिसोर्ट एण्ड होटल संञ्चालनमा आउने भएको छ । तराईको बढ्दो गर्मी लाई मध्येनजर गदै आफ्नै खेत बारीमा उत्पादीत अर्गानीक खानाको स्वाद दिने उदेश्यले करिब ५ करोडको लागनीमा सुदुरपश्चिम राजधानी रिसोर्ट एण्ड होटल संञ्चालनमा आउँन लागेको संञ्चालक भक्त बहादुर ठकुल्लाले जानकारी दिए ।
बढ्दो गर्मीका कारण पौडी पारखी लाई रमाईलो गर्ने महिला र पुरुषका लागी छुटाछुटै स्विमिङ्ग पुल निर्माण अवस्थामा छन् । सुदूरपश्चिमको मौलिक खानालाई विशेष ध्यान दिएर संञ्चालनको तयारीमा रहेको रिसोर्ट एण्ड होटलले छुटाछुटै स्विमिङ्ग पुल संगै माछापोखरी, रेष्टुरेन्ट एण्ड बार सेमिनार हल, साउना र स्टीमको पनि सुविधा राखेको समाजसेवी तथा ब्यवसायी ठकुल्लाले जानकारी दिए । त्यस्तै आफ्नै बारीको अर्गानीक तरकारी संगै लोकल कुखुरा र खशीको स्वाद खाना संगै लिन सकिने उनको भनाई छ ।
लामो समय देखि विभिन्न पेशा ब्यवसायमा संग्लन रहदै आएको संञ्चालनक ठकुल्ला लाई सुदूरपश्चिम क्षेत्रमा दिपा बोहरा एैरले नि सहकार्य गनुभएको छ । दुवै जनाको उदेश्यले यस क्षेत्रमा रोजगारीको अवसर प्रदान संगै उत्पादिक परिकार लाई बजारीकरण गर्ने उदेश्यले सुदुरपश्चिम राजधानी रिसोर्ट एण्ड होटल संञ्चालनमा ल्याउँने थालेको बताए ।
करिब एक विहाग भन्दा बढी क्षेत्रफलमा संञ्चालनमा आउँने होटलको यहि फागुनको अन्तेय तिर संञ्चालनमा आउँने छ । त्यस्तै आफ्नै बारीको अर्गानीक तरकारी संगै लोकल कुखुरा र खशीको स्वाद खाना संगै लिन सकिने उनको भनाई छ । ठकुल्लाले अहिले अडर अनुसार लोकल कुखुरा र खानाको ब्यवस्था शुर भएपनि होटलको विधिवत रुपमा होली देखि शुरुवात गरिे जानकारी दिए ।
पछिल्लो समय नेपालमा होटल क्षेत्रमा आक्रामक लगानी हुन थालेको छ । होटल क्षेत्रमा बढ्दै गएको लगानीका कारण नयाँ होटल थपिने क्रम पनि रोकिएको छैन ।