काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन् । उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताको रुपमा देउवा सहभागी हुने भएका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देउवा भारत जाने कार्यक्रम तय भएको जानकारी दिए । कुम्भ मेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको कांग्रेस स्रोतको भनाइ छ ।