धनगढी – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । प्रदर्शनी भोलि ९फागुन ८० देखि १२ गतेसम्म सञ्चालन हुने भएको हो ।प्रदर्शनीका लागि प्रदेशका डेढ सय भन्दा बढी कलाकारका कलाकृति दर्ता भैसकेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीले बताए । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कार्यालय हसनपुरमा हुने ललितकला प्रदर्शनीको दिउसो १ बजे उदघाटन हुने छ ।
प्रदर्शनीमा सुदूरपश्चिमका चित्रकला, मूर्तीकला, लोककला र हस्तकलाको प्रदर्शनी हुने जनाइएको छ । उपकुलपति जोशीले सुदूरपश्चिम प्रदेशमा ललितकलाको विकास पछाडि परेकोले गतवर्षबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसंगको सहकार्यमा प्रादेशिक प्रदर्शनी शुरू गरिएको बताए ।