धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले १० लाख ३८ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ। प्रहरीले मंगलबार भारतबाट अबैध रुपमा भित्र्याईएको उक्त सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट, धनगढी उपमहानगरपालिका–३ मिलन चोक, धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी, धनगढी उपमहानगरपालिका–१० चकमेलीघाट र गोदावरी नगरपालिका–४ गोदावरी वनदेवी मन्दिर नजिकबाट अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३ लाख ४२ हजार ५ सय ८० रुपैयाँ बराबरको सरप, साबुन, सुटपिस, लेहेङ्गा, टोपी, बुदिया, खेलौना, भाँडा बर्तन, गाडीका फिल्टर, झुमर लाईट, वाल लाईट, बाउण्ड्री लाईट, लिड लाईट, बच्चाको खेलौना लगायतका सामानहरु प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
त्यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१ खल्लाबाट अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ६ लाख ९६ हजार २० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा, पेन्ट, चस्मा, ब्रासेट, बेलुन लाईट, औठी, रुद्राक्ष माला, गोल्डन लकेट, बच्चाको खेलौना, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।