धनगढी । कञ्चनपुरको लाल झाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हा ती मृत अवस्थामा फेला परेको हो ।
लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।
“मरेको अवस्थामा हात्ती फेला परेको छ” उनले भने त्यसबारे विस्तृत बुझ्नको लागि प्राविधिकसहितको कर्मचारी पठाउँदै छु । के कति कारणले मृत्यु भएको हो भन्ने कुरा पछि मात्रै थाहा हुन्छ ।”
लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन् । हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो ।