धनगढी । आजदेखि कैलालीको धनगढीमा कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा कैलाली प्रिमियम लिग सुरु हुँदैछ । बुधवार देखि तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो ।
उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद पुरस्कार २ लाख , उपविजेतालाई १ लाख, प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यानलाई १५ हजार, नवप्रतिभावान खेलाडीलाई १० हजार, प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय सँगै ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न झन्डै २५ लाख खर्च गरिँदै छ ।
कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले यस क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्यले विगतदेखि प्रतियोगिता आयोजना गरिएको बताए । कैलाली प्रिमियम लिगको तेस्रो संस्करणको मुख्य प्रायोजकमा सुदूरपश्चिमाञ्चल क्याम्पस ९एसपीए० रहेको छ ।