धनगढीः दार्चुलामा खरमा आगो लगाउने एक जना पक्राउ परेका छन्।
जिल्लाको दुहुँ गाउँपालिका–३ का ४१ वर्षीय इन्द्र बोहरा खरमा आगो लगाएको आरोपमा सोमवार पक्राउ परेका हुन। उनले फागुन ३ गते चन्द्र सिंह बोहरा, गोपाल बोहरा र पदम सिंह बोहराको खरका ७ वटा थुप्रोमा आगो लगाएका थिए। सो आगलागीबाट खर राखेको काठ, सोही नजिक रहेका बोट बिरुवाहरू र तरकारी बालीमा समेत गरी ३ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रहरीले आगो लगाउने इन्द्र बोहरालाई आपराधिक उपद्रो गर्न नहुने कसुर मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।