धनगढी: अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ स्थित चोईटे बगर बुढिगङ्गा नदिले बर्षेनी कटान गर्दै आएको छ । वडा नम्बर ४ को पित्रना टोल बासीको खेती गर्ने जमिन चोईटे बगर बुढिगङ्गा नदिले सखाप गर्ने अवस्थामा पु¥याएको स्थानिय बताउछन् । बर्षेनी कटानका कारण खेतनै सकिने अवस्थामा पुग्दासम्म नगरपालिका देखी यसै क्षेत्रबाट निर्वाचित संिघय सांसद शेर बहादुर कुँवर, प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्का समेतको चासो नगएको उनिहरुले बताएका छन् ।
एक सय पचास घर धुरी रहेको सो क्षेत्रमा यसरीनै कटान भए बस्तीनै उठ्नुपर्ने बाध्यता आउन सक्ने स्थानिय हेमराज ढुगांनाले बताए । डा.भिम रावल, नेता गोबिन्द शाह जस्ता हस्तीहरुको क्षेत्रमा देखिएको यो समस्या कसैले समाधान नगरेको भन्दै स्थानिय आक्रोसित छन् । सिगों गाउँ उठिबास हुने स्थित आउने बेलासम्मपनि यहाँका नागरिकका समस्या कसैले नसुनेको भन्दै पहुँच र पावर नभएकै कारण यहाँका जनताले अपहेलित हुनु परेको स्थानियको गुनासो छ ।