धनगढी: कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ।
गौरीगंगा नगरपालिका-मा रहेको खप्परे खोलामा आइतवार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर पहिचान भने खुल्न सकेको छैन।