धनगढी: धनगढीमा नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । सुदूरपश्चिम पृतना हेक्वाको आयोजनामा धनगढीस्थित बोराडाडी ब्यारेकमा फागुन १२ गते युनिटी रनू नामक दौड प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगितामा १० कि.मि। दौड (पुरुषरमहिला), खुल्ला ५ कि।मि। दौड (विद्यार्थीहरू) तथा वाकाथन (आमन्त्रित पाहुनाहरू) समावेश गरिएका छन् । इच्छुक प्रतियोगीहरूका लागि निःशुल्क आवेदन फागुन ७ गतेदेखि १० गतेसम्म खुला रहने छ ।