बैतडी-बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ डबराली टाकका २३ वर्षीया दिपा बोहरा महराको दुखद मृत्यु भएको छ। आइतबार दिउँसो २ बजे, जयसिंया भिरमा घाँस काट्ने क्रममा उनी भिरबाट लडेर घटनास्थलमै प्राण गुमाएकी हुन।
स्थानीय प्रताप महराका अनुसार, दिपा महरा अन्दाजी ३०० मिटर तल खसेकी थिइन् र उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। घटनाको जानकारी पाएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले घटनाको पुष्टि गरे। दिपा महराका श्रीमान भारतमा रोजगारीको सिलसिलामा रहेका छन् भने, घरमा ८ महिने छोरा मात्र छन्। यो घटनाले गाउँमा शोकको वातावरण फैलाएको छ।