धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको चन्द्रोदय माध्यमिक बिद्यालयको भवन शिलान्यास गरिएको छ । पुर्व मन्त्री एवं सुदुरपश्चिम प्रदेशसभा सदस्य रमेश सिहं धामीले बिद्यालयको ८ कोठे भवन शिलान्यास गरेका हुन् । १ करोड ४६ लाख बजेटमा ठेक्का सम्झौता भई बिद्यालय भवन शिलान्यास गरिएको हो । शिलान्यास पछि बोल्दै प्रदेशसभा सदस्य धामीले धनगढी उपमहानगरले शिक्षा क्षेत्र सुधारका लागी गरेको प्रयास सर्हानिय रहेको बताए ।
धनगढीले शिक्षामा निकै सुधार गरिरहेको छ अब शिक्षक र अबिभावकलेपनि आफ्नो जिम्मेवारी निर्बाह गर्नुपर्छ उनले भने “सरकारले लगानी गर्ने तर शिक्षक अबिभावककै तालमेल नमिल्ने हो भने लगानीको औचित्य छैन, हामी सरकारी स्कुलमा अध्यापन गर्ने अनी छोरा छोरी निजि स्कुल बठाउने परम्परा त्याग्नुपर्छ, अनी अबिभावकलेपनि निजि निशुल्क पढाई हुन्छ भनेर स्कुल तिर फर्केरपनि नहेर्ने परिपार्टी त्याग्नुपर्छ ।”
बिद्यालयमा राजनिति नगर्न शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिलाई धामीले सुझाव दिए । हामी कुनै न कुनै राजनितिक दल सगं जोडिएका छौँ तर बिद्यालयमा सेवा गर्न आउनु होला तपाइको आस्था गेट बाहिर छोडेर आउनुहोला उनले भने “अहिले बिद्यालय ब्यवस्थापन समिति र बन उपभोक्ता समिति नेता जन्माउने थलो बनिरहेका छन्, यस कारण यि संस्थामा सेवा भन्दा बढी राजनिति भइरहेको छ र त्यसै कारण स्थिती बिग्रदो छ, त्यसैले यस्ता संस्थामा सेवा गर्न आउनु होला राजनिति बाहिरै राख्नुहोला ।”
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शिक्षा क्षेत्र सुधारका लागी बिद्यालय मर्ज देखी हरेक वडामा नमुना बिद्यालय कार्यक्रम लागु गरिएको बताए । बिद्यालयको नतिजा बिगतमा ठिक थिएन र सुधारको प्रयास गरेका हौँ त्यसको नतिजा देखिदै छ उनले भने “सरकारले मात्रै चाहेर सबै हुँदैन, अब अबिभावकपनि जाग्नुपर्छ, निजि स्कुलमा हामीले शुल्क तिर्ने अनी बच्चाको उत्तिकै हेरचाह गर्ने अनी, सरकारी स्कुलमा बच्चा पठाएर फर्केरपनि नहेर्ने परिपार्टी अन्त्य गरौँ, सबै मिलेर सामुदायिक बिद्यालय सुधार गरौँ ।”
कार्यक्रममा नगर उप–प्रमुख, कन्दकला राना, वडा न.१८,१४,१९,१६ र ३ का अध्यक्षहरू भुवन रिजाल, मान बहादुर बिष्ट, बधुराम चौधरी, रामलाल चौधरी, राज बहादुर ऐर, प्रमुख प्रसासकिय अधिकृत श्री नरेन्द्र खाती, डिभिजनल ईन्जिनियर दिज राज भट्ट, जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितीका पदाधिकारी एवम् सदस्यहरू, अभिभावक र विद्यार्थीहरू सहित सहभागि थिए ।