धनगढी: रक्तदान, जीवनदान मानवसेवाको लागि चैतन्य अभियान भन्ने मूल नाराका साथ नयाँ बानेश्वरस्थित शंखमूलमा रहेको चैतन्य एमेडेमीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज (आइतबार) एकेडेमी नेपालको ११औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । चैतन्य एकेडेमी स्थापना भएपछि पहिलो पटक रक्तदान कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा एकेडेमेमीमा अध्ययनरत विद्यार्थि देखि विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहेको थियो । कार्यक्रममा एकेडेमका कर्मचारी र एकेडेमीमा अध्ययनरत विद्यार्थिले रक्तदान गरेका छन्।
विषेशगरि, देशका विभिन्न स्थानमा बाढी पहिरो गएर धेरै मानिसहरु घाइते भएको अवस्थामा रगतको कमी हुन सक्ने र रगतको कमी भएका मान्छेलाई हामीले गरेको कार्यक्रमले सहयोग पुगोस भन्दै रक्तदान कार्यक्रमको आयोनाम गरेको एकेडेमीले जनाएको छ । एकेडेमीले गरेको उक्त कार्यक्रममा धेरै विद्यार्थिहरुले पहिलो पटक रक्तदान गरेको बताए । उनिहरुले, अबदेखि नियमित रुपमा रक्तदान गर्ने भन्दै यो पुण्य काममा सबै युवाहरु सहभागी हुन आग्रह समेत गरे । यस्तै चैतन्य एकेडेमीले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै र समाजका विविध क्षेत्रमा सेवा गर्दै आइरहेको छ ।