धनगढीः डडेलधुराको एक सामुदायिक वनमा आगलागी भएको छ।
जिल्लाको अमरगढी नगरपालिका–७ रातोकुना स्थित शितल सामुदायिक वनमा आज शनिवार आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। आगलागीबाट मानवीय तथा पशुचौपया क्षति नभएको जनाइएको छ। उक्त आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानियहरूको सहभागिता नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।