धनगढी : डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– २ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जोशी बिहिवार बिहानदेखि बेपत्ता भएका थिए। जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो। शनिवार दिउँसो जोशी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।