धनगढी । कैलालीबाट अवैध काठ सहित ट्याक्टर चालक पक्राउ परेका छन् । टीकापुर नगरपालिका – १ शिवनगर का ४१ वर्षीय शेर बहादुर थारुले चलाएको से १ त ३९२६ नम्बरको ट्याक्टरमा १५ गोलिया अवैध काठ बरामद गरिएको हो ।
जसमा १४ गोलिया सिसौको काठ र १ गोलिया कटहरको काठ रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उक्त अवैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुर बुझाएको बुझाएको प्रहरीले जनाएको छ ।