धनगढी । कैलालीको गोदावरीबाट भन्सार छली गरि ल्याईएका अवैध सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीले टोलीले गोदावरी नगरपालिका– ४ बनदेवी मन्दिर नजिकबाट अवैध भन्सार छली गरि ल्याईएका सामान बरामद गरेको हो ।
बिहिबार बिहान मोबाईलका पाटपुर्जार टर्चलाईट गरी अन्दाजी ५२ हजार ४०० बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यतिमात्रै नभई सोही दिन राती लेडिज कुर्ता, साडी, कुर्ता, बच्चाका स्विटर, सवारी साधनका पाटपुर्जा र हार्डवेयर लगायतका अन्दाजी १ लाख ९ हजार ७०० मुल्य बराबरका सामग्री बरामद गरिएको प्रहरीले बताएको छ ।
बरामद गरिएका सामग्रीहर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलाली पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।