धनगढी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग फोन संवाद गरेका छन्।
ट्रम्पले पुटिनसँग लामो समय अर्थात करिब डेढ घण्टा कुरा गरे। सौहार्दपूर्ण रुपमा दुई नेताबीच कुरा भएको र दुबै नेताले एक अर्काको देश भ्रमणको निम्ता दिएको तथा दुबै नेताले भ्रमणको बाचा गरेकोसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।
यो फोन वार्तामा रसियाका राष्ट्रपतिले ट्रम्पको चासोका बारेमा सोधेको तथा युक्रेनलाई नाटोमा सहभागी नगराउने सर्तमा वार्ताका लागि तयार भएको जानकारी पुटिनले दिएका थिए। जवाफमा ट्रम्पले युक्रेनलाई झट्का दिने खालको कुरामा सहमति जनाए अर्थात ट्रम्पले युक्रेन नाटोमा सहभागी नहुने कुरामा आफू प्रतिवद्ध रहेको बताएका थिए।
बेल्जियमको नाटो मुख्यालयमा अमेरिकी रक्षामन्त्री पीट हेगसेथले क्लियर रुपमै अब अमेरिका युक्रेनलाई पहिला जस्तो ठूलो आर्थिक र सैन्य सहयोग नगर्ने स्पष्ट पारे। योसँगै युक्रेनका राष्ट्रपति जेलोन्सकी पूर्ण रुपमा दबाबमा परेका छन्। रक्षमामन्त्रीले ट्रम्पले युक्रेनलाई नाटो सदस्य राष्ट्र हुनका लागि सहयोग नगर्ने पनि बताएका थिए।
उनले भने, ‘अब युक्रेन २०१४ भन्दा अगाडीको सिमाना भएको अवस्थामा फर्किने सम्भावना समाप्त भएको छ। अमेरिका रुससँगको शान्ति सम्झौताका लागि कुनै पनि सैनिक युक्रेनमा पठाउने पक्षमा छैन्।’
लामो वार्तामा ट्रम्प र मस्कलाई रसिया भ्रमणको निम्ता दिएका पुटिन खुलेर कुरा गरेको र चाँडै वार्ताका लागि सकरात्मक रहेको बताए। ट्रम्पले जेलन्सकीसँग पनि फोन सम्वाद गर्दै युद्ध अन्तको तयारीका लागि वार्तामा वस्न आग्रह गरेका छन्। जेलन्सीकले वार्ताका लागि आफू तयार रहेको तथा उनले रसियासँग आफूले कब्जा गरेको भूमि साटफेर गर्नका लागि आग्रह गरेको तथा नाटो सदस्यताका लागि समेत उनले ट्रम्पले मनाउने प्रयास गरेका थिए।
त्यसपछि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग ‘स्थायी र भरपर्दो शान्ति’का विषयमा कुराकानी भएको बताए। तर नाटो सदस्यता सम्भव नदेखिएको अमेरिकाको अभिव्यक्तिपछि कीभमा ठूलो निराशा छाएको छ।