धनगढी । बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका अन्दाजी १६ वर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन ।
घटना माघ २१ गते साँझको भए पनि पीडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही ठाउँका तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए ।
जाहेरीमा घरनजिकै सडकमा हिँड्दै गरेको अवस्थामा २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाले बलात्कार गरेको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले आरोपित तीनै जना फरार रहेको जनाएको छ । आरोपितहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।