धनगढी । कैलालीमा १३ वर्षीया बालिका घरमै मृत अवस्थामा भेटिएकी छन् । जानकी गाउँपालिका–८ वनदेवीपुर बस्ने १३ वर्षीया प्रिया विश्वकर्मा मंगलबार आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी घरमा आफू सुत्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए । उनकाअनुसार मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी छ ।