धनगढीः कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरको अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६४ वर्षीय हरी सापकोटासहित ९ जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार, मोबाईल ७ थान र ४ गड्डी ताससहित पक्राउ गरेको छ।