धनगढी । मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ ।राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनलाई नियन्त्रणमा लिन खोज्दा क्रममा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गर्ने प्रयास गरेको देखिन्छ । प्रहरी स्रोतकाअनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । भिडियोमा भारतीय नागरिक भनिएपनि उनी नेपाली भएको खुलेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ती युवक मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ । तर प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन् ।