बझाङः नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरिएको छ।
अध्यक्ष सिंहमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।