धनगढी: परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला र मङ्गलादेवी सिंहको सालिक अनावरण तथा नवनिर्मित विपीस्मृति भवनको उद्घाटन गरेकि छिन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं–२ को आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं–१ थपालीपुरमा उक्त भवनको सोमबार उद्घाटन गरेकि हुन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्यसमेत रहेकि परराष्ट्रमन्त्री देउवासँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलगायत कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।