महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीको निधन भएको छ । शिक्षण पेशाबाट निजमातीमा आएका जोशीको हृदयघातका कारण निधन भएको बताइएको छ । भीमदत्त नगरपालिका १ बाराकुण्डामा जोशी जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन कार्यालय आएपछि कार्यालय प्रमुख भएका थिए । जोशीले २०७९ को स्थानीय, प्रदेश र संघ तथा २०८१ को भीमदत्त ६ को उप निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
निजामती सेवामा हक्की, स्पष्ष्ट वक्ता र इमान्दार राष्ट्र सेवकको पहिचान जोशीले बनाएका थिए । जोशीको निधनमा विभिन्न क्षेत्रका व्यक्तिले शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले जोशीको निधनलाई अकल्पनीय भन्दै होनहार काबिल अफिसर गुमाउनु पुगेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।