धनगढी । भारतको प्रयागराजमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउने क्रम जारी छ । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।
उत्तर प्रदेश सरकारले महाकुम्भ सन् २०२५ मा आइतबार करिब ८४ लाख २९ हजार भक्तजनले स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थासहित डुबुल्की लिएका छन् ।
महाकुम्भ सन् २०२५ विश्वकै सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि ९२६ फेब्रुअरी०सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।
एक दिनअघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिए । महाकुम्भ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,’ राजस्थानका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्, ‘त्रिवेणी सङ्गमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।’
सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए । त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गरे ।