धनगढी: कैलाली विद्या निकेतन धनगढीले आज एक समारोहका वीच रजत जयन्तीको लोगो सार्बजनिक गरेको छ । प्रमुख अतिथी पूर्ब शिक्षा निर्देशक नन्दराज पन्तले कैलाली विद्या निकेतनको २५ औ बर्ष प्रबेशको अवसर पारेर आज श्रीपन्चमीको दिन रजत जयन्तीको लोगो सार्बजनिक गरेका हुन । बि। सं।२०५६ सालमा स्थापना भएको कैलाली विद्या निकेतनमा हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन भैरहेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह्को सभापतित्वमा सम्पन्न उक्त लोगो अनावरण कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञराज यात्री, सु। प। विश्व विद्यालयका प्राध्यापक एबम गिता फर लाइफका केन्द्रीय संयोजक डा। हरिचन्द्र कमली, शैक्षिक ब्यक्तित्वत्रय ह्दय पुजारा, कृष्ण आचार्य , प्रेमराज जोशी अभिभावक दीर्घबहादुर शाह चादनी जोशी, गङादत्त जोशी, बलबहादुर बोगटी, योग गुरु धर्मराज कोइराला, विद्यालयकी संस्थापक रेखा सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी पन्तले कैलाली विद्या निकेतनले समाजमा खेलेको महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । विद्यालयका शिक्षक टेकराज भट्टले संचालन गरेको र शिक्षक अनिल चौधरीले स्वागत मन्तब्त ब्यक्त गरेका थिए ।