धनगढी । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीको पाटन खोड्पेका हरिश भाटले नगद ५० हजार पुरस्कार जितेका छन् । आज भएको दोस्रो सेमिफाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका हरिशले ब्रेड बक्सको तर्फबाट नगद ५० हजार प्राप्त गरेका हुन् । ब्रेड बक्सले सेमिफाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद ५० हजार पुरस्कार घोषणा गरेको थियो ।
पहिलो सेमिफाईनलमा कुनै क्याच भएको थिएन भने दोस्रो सेमिफाईनल खेलमा हरिशले पहिलो क्याच गरेका हुन् । प्रतियोगिताभरीमा उनले पहिलो मैदान बाहिर गएको बल क्याच गरेका हुन् । उनी धनगढीमा भएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता खेल्न हिजो मात्रै धनगढी आएका हुन् ।
एथलेटिक्स खेलाडी रहेका उनी जिल्ला छनोट प्रतियोगितामा भएर प्रदेश छनोट खेल्न आएका हुन् । ज्याभलिङ थ्रो का खेलाडी हरिश साथीहरुले क्रिकेट हेर्न जाउ भनेपछि फाप्लामा आएको बताए । उडेर आएको बललाई पछाडी सरेर क्याच गर्न सफल भएको उनले बताए । नगद ५० हजार प्राप्त गरेका उनले त्यो रकमलाई आफ्नो खेलमा नै लगानी गर्ने बताए । उनले नगद ५० हजार सहित खल्तीको तर्फबाट एयर बड समेत पाएका छन् ।
प्रतियोगिताको फाईनल खेलमा दर्शकले क्याच गरेमा ब्रेड बक्सले नगद एक लाख प्राप्त गर्ने भएका छन् । त्यसका लागि दर्शकले टिकट काटेको हुनुपर्ने आयोजकले जनाएको छ ।
दशौ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिशले अर्जुन ट्रफीमा जिते नगद ५० हजार
दशौ राष्ट्रियको छनोट खेल्न आएका बैतडीका हरिशले अर्जुन ट्रफीमा जिते नगद ५० हजार
![](https://www.state7online.com/content/uploads/2025/02/harish-bhat-1-scaled.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु