धनगढी: राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य भान बहादुर चन्द र बोर्ड सदस्य जगत सिहं धामीलाई कैलाली जिल्ला खेलकुद समितिले स्वागत तथा सममान गरेको छ । आज खेलकुद समितिमै आयोजित एक कार्यक्रमका बिच कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीले कार्यकारी सदस्य एवं बोर्ड सदस्यद्वयलाई स्वागत तथा सम्मान गरेका हुन् । दोसल्ला ओढाएर सम्मान गरेका खत्रीले सदस्यद्वयलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
सदस्यद्वयलाई स्वागत गर्दैै अध्यक्ष खत्रीले सघिंयता अनुसार खेलको बिकास हुन नसकेको बताए । जिल्ला खेलकुद समितिहरु काम बिहिन भएको अवस्थामा खेलकुद परिषदले अधिकार सम्म दिन नसकेको उनले बताए । म खेल क्षेत्रमै काम गरिरहेको ब्यक्ती हुँ, यो पद नहुँदापनि खेलमै काम गर्ने छु खत्रीले भने “कुनै अधिकारपनि छैन, बजेटपनि छैन अनी मैले कसरी काम गर्ने, यहाँका बिभिन्न खेल क्षेत्रका बिकासमा के गर्ने मेरो हात बाँधेर राखिएको छ। तिन बर्ष सम्म मेरो समितिले पुर्णता पाएको छैन, अनी यसरी जिल्लामा खेलको बिकास हुनछ त ।”
खत्रीले खेलको बिकासका लागी क्लव दर्ता देखी अनुदानका कार्यक्रम जिल्लामै दिनुपर्ने माग राखेका थिए । जिल्ला तहका खेलकुद बलियो भए मात्रै खेलको बिकास हुने बताउँदै उनले प्रदेश र केन्द्रको बजेटले नयाँ खेलाडीमा लगानी नहुने उनको भनाई थियो ।