धनगढी: मध्यपहाडी लोकमार्गको अन्तिम विन्दुका रूपमा रहेको झुलाघाट सडक चौडा पार्ने काम सुरु भएको छ । साँघुरो सडकमा दुर्घटना बढ्न थालेपछि सडकलाई चौडा पार्ने काम सुरु भएको हो । नेपाल–भारत सीमा क्षेत्रसमेत रहेको दशरथ चन्द नगरपालिका–८ को झुलाघाटमा पटक पटक दुर्घटना हुन थालेपछि २।५ किलोमिटर सडकखण्ड चौडा पारी प्यारापिट निर्माणको काम सुरु भएको छ ।
झुलाघाट नाकाबाट बैतडीलगायत सुदूरपश्चिमका पहाडी र कर्णालीका सर्वसाधारण नेपाल–भारत आवतजावत गर्ने गरेका छन् ।