धनगढी ।
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा किशोरीलाई धाकधम्की दिएर जबरजस्तीकरणी गरेको घटना बाहिरिएको छ । बाजुुराको खप्तडछेडेदह गाउँपालिका घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीमा बस्दै आएकी ती किशोरीमाथि शुक्रबार साँझ जबरजस्तीकरणी गरिएको थियो । प्रहरीकाअनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिडे मारिदिने धम्की दिएका थिए ।
त्यसपछि उनी धनगढी उपमहानगरपालिका–२ नै बस्ने १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित किशोरी धनगढीमा कक्षा ७ मा अध्ययन गर्दै आएकी थिइन् ।