धनगढी चितवनको भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा यात्रुवाहक बस दुर्घटना भएको छ। मुग्लिङ-नारायणगढ सडक खण्डमा आज बिहान ४ बजेर ४० मिनेटमा नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको लु।प्र।०३-००१ख ००७७ नम्बरको बस पुलबाट २० मिटर तल खोल्सामा खसेको हो। बसमा सवार २ जनाको उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको चितवन प्रहरीले जानकारी दिएको छ।
बसमा २९ जना सवार रहेको बुझिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने २२ जना मध्यम अवस्थामा छन्। सबै घाइतेहरूको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।