धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दिउँसो सवा १२ बजे फाइनल प्रवेशका लागि सिवाइसी अत्तरिया र डीसीए धनगढी भिड्दै छन । यसअघि शनिबार भएको पहिलो फाइनल खेलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको छ ।
आजको विजेता टिमले भोलि फाइनलमा डडेल्धुरा सँग भिड्ने छ । अत्तरिया सँगको सेमिफाइनल खेल खेल्नका लागि धनगढीले आज नेपाली अलराउण्डर दिपेन्द्र सिह ऐरीलाई नयाँ खेलाडिका रुपमा भित्र्याएको छ । जसले खेललाई झन रोचकता प्रदान गरेको छ ।
धनगढीबाट दिपेन्द्र सिंह ऐरी सहित ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् भने अत्तरियाबाट भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् ।