दार्चुलाः दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालक घाइते भएका छन्। शुक्रबार इन्द्रधनु हटैराज कन्सट्रक्सनको सदूरपश्चिम प्रदेश ०१००१ क १५४० नम्बरको टिप्पर दल्लेख–गोकुलेश्वर सडक खण्ड अन्तरगत नौगाड गाउँपालिका वडा नम्बर ३ खारखोलामा माटो फाल्ने क्रममा दुर्घटनामा परेको हो। टिप्पर दुर्घटना हुँदा बैतडीको सुर्नया गाउँपालिका–१ घर भएका २९ बर्षीय देवबहादुर चन्द घाइते भएका हुन्।
घाइते चन्दलाइ गोकुलेश्वर अस्पतालबाट सामान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको जनाइएको छ। उक्त टिप्पर ब्याक भएर सय मिटर तल खसेको प्रहरीले जनाएको छ।