धनगढी: धनगढीमा आगामी फागुन ३ गते रक्तदान महोत्सव आयोजना हुने भएको छ । बैतडी समाज कैलालीले फागुन ३ गते धनगढीमा रक्तदान महोत्सव आयोजना गर्न लागेको हो । समाजका सदस्य राज बहादुर चन्दका अनुसार समाजले १४ औँ रक्तदान महोत्सव आयोजना गर्न लागेको हो । बिहान ८ बजेदेखी शुरु हुने रक्तदान महोत्सवमा रगत दानका लागी सहभागी हुन सबैलाई उनले आग्रह गरेका छन् ।
पदमा नर्सिङ हेल्थ कलेजको प्राङ्गण उत्तरबेहडिमा आयोजना हुने रक्तदान महोत्सव सञ्चालन हुने आयोजकले बताएको छ । बैतडी समाजले प्रत्येक बर्ष दुई पटक रक्तदान महोत्सव आयोजना गर्दै आएको छ ।