डडेल्धुरा । डडेल्धुरामा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी० निरीक्षण भ्रमण गरेका छन् । उनले नेपाल–भारत सीमास्थित जिल्लाको पर्शुराम नगरपालिका–५ परीगाउँमा रहेको बीओपीको निरीक्षण गरेका हुन् ।
बिज्ञापन
निरीक्षणका क्रममा पुनले सीमित श्रोत साधनमा पनि सशस्त्र प्रहरीले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा प्रशंसनीय काम गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा आफूले सशस्त्र प्रहरी बललाई थप सुदृढ र प्रभावकारी बनाउन बजेट वृद्धि गरेको पनि स्मरण गरे । परिगाउँबाट नेपालीहरु महाकाली नदीमा डुंगा चढेर सीमावर्ती भारतीय बजार टनकपुरमा दैनिकजसो उपभोग्य सामान खरिद, औषधि उपचार तथा रोजगारीका लागि जाने गर्दछन् । डडेल्धुरास्थित सशस्त्र प्रहरीको ५२ नम्बर गुल्मअन्तर्गत नेपाल–भारत सीमामा ५ वटा बीओपी छन् ।