धनगढी: मातृभुमी जागरण अभियान सञ्चालन गरिरहेका नेकपा एमालेका पुर्व उपाध्यक्ष डा.भिम रावलले अहिले अभियान सञ्चालन गरेर पछि पार्टीमा रुपान्तरण हुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सममेलनमा बोल्दै रावलले हाल बिभिन्न क्षेत्रमा आबद्ध बुद्धिजिवी, युवा, समाजसेवीहरु सगं भेटघाट गर्ने र अभियानमा आबद्ध गराउने काम भइरहेको उनले बताए । देश बिदेशमा समेत यो अभियान सञ्चालनमा रहने बताउँदै रावलले पछि गएर यो अभियान पार्टीमा परिणत हुने बताए । अहिले अभियानकै रुपमा अघी बढ्छ पछि यसको उद्देश्य पार्टी निर्माणनै हो उनले भने “यो अभियानबाट बन्ने पार्टीले देशको बेथिती, भ्रस्टाचार अन्त्य गर्ने एजेण्डा बोक्ने छ, अहिले देखिएको निराशालाई चिर्ने छ, बाबुराम भट्टराई, बामदेव, रबीका जस्तो पार्टी हुँदैन, निश्चित गन्तब्य बोकेर हामी अघी बढ्ने छौँ, सफलता प्राप्त हुन्छ ।”
सुदुरपश्चिममा हिम पहिरो जान्छ भन्नुहुन्थ्यो तपाइकै जिल्लामा गएन किन भन्ने सञ्चारकर्मीको प्रश्नमा रावलले भने “पहिरो अथवा भुकम्प जान्छ त मैले भनेन, तर नेकपा एमालेमा रहेका थुप्रै साथीहरु मसगं जोडिनुभएको छ, केन्द्रिय बिभागमा बसेका, मन्त्री, सांसद भइसकेका साथीहरु जोडिनुभाको छ, अछाममा १५ सय बढी सगंसठत सदस्य जोडिनुभएको छ, बिस्तारै आउने क्रम जारी छ, हाम्रा एजेण्डा बोकेर अगाडी बढ्ने साथीहरु बढ्नुहुन्छ, यो परिणाम बिस्तारै देखिन्छ ।”
रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक तानाशाही चरित्र देखाएको बताएका छन् । पत्रकार सम्मेलनमा रावलले अध्यादेशबाट शासन गर्न खोजेर ओलीले तानाशाही चरित्र देखिएको बताएका हुन् । ’ओलीको तानाशाही चरित्र फेरि एकपटक छर्लङ्ग भएको छ,झ उनले भने, ’अघिल्लो कार्यकालमा एकपछि अर्को अध्यादेश ल्याएका थिए । अहिले पनि सोही बाटोमा ओली लागेका छन् । यसपटक त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी अध्यादेश ल्याउने कुरा सुनिएको छ ।
संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले–कांग्रेसले जनतासँग झुटो बोलेको उनको भनाइ थियो । ’अहिले राष्ट्रियसभामा बहुमत छैन भनेर पन्छिन खोजिएको थियो,झ उनले भने, ’त्यो कुरा दुई दललाई गठबन्धन गर्दा थाहा थिएन र ?
२६ माघमा धनगढीमा जागरण भेला
रावल ४ माघदेखि गृहप्रदेश सुदूरपश्चिममा छन् । दुई साता गृहजिल्ला अछाम बसेका उनले त्यहाँ वडा र विभिन्न पालिकामा मातृभूमि जागरण अभियानको तदर्थ समिति गठन गरेका थिए । २० माघदेखि भने रावल सुदूरपश्चिमको मुकाम धनगढीमा छन् । रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने जानकारी दिएका छन् । ’कैलाली र कञ्चनपुरको जागरण अभियान शनिबार आयोजना गरेका छौँ,झउनले भने, ’भेलामा जुनसुकै पार्टीमा आवद्ध रहेका देशभक्त नागरिक लागि उपस्थितिका लागि आह्वान गर्दछु ।