बैतडी: नेकपा (एमाले) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत पञ्चेश्वर गाउँपालिका कमिटीको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई स्थानीय तहसम्म बलियो बनाउने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई एमालेले भव्य र प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएको छ। अभिमुखिकरण कार्यक्रम पञ्चेश्वर गाउँपालिका कमिटी अध्यक्ष कालु सिंह जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, केन्द्रीय सल्लाहकार कमिटी सदस्य मोहन थापा विशिष्ट अतिथि रहनुभएको थियो।
ले पार्टीको सांगठनिक सुदृढीकरण, जनसम्पर्क विस्तार, नीति तथा कार्यक्रमहरू प्रचार गर्ने उद्देश्यसहित देशव्यापी वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ। यस अभियान अन्तर्गत वडास्तरीय संगठन सुदृढीकरण,स्थानीय जनसमस्याहरू पहिचान गरी समाधानका लागि पहल,नयाँ सदस्यहरू पार्टीमा आबद्ध गराउने कार्यक्रम,संगठनका कार्यकर्ता तथा नेताहरूलाई अभिमुखीकरण गराउने,विकास निर्माणका योजनाहरू कार्यान्वयनका लागि रणनीति बनाउने लगायतका उद्देश्य रहेका छन् ।