धनगढी : कैलालीमा भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-१९ फूलबारीबाट दुई भारतीयसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी नौसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० किबन्द्र सिह बोहराले जानकारी दिए । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको बोहराले बताए ।
तीनै जनासँग हातहतियार रहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।