धनगढी । नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलन यही माघ २५ गते हुने भएको छ । जिल्ला कार्य समितिको माघ २० गते बसेको बैठकले १४ औं महाअधिवेशन पछिको दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उद्घाटन गर्ने जनाइएको छ । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,क्षेत्रीय सभापति,पदाधिकारीहरु,पालिका सभापति,पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहने जनाइएको छ ।
यस्तै पार्टीका वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहने नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार प्रमुख तपेन्द्र भुषालले जानकारी दिए । सम्मेलन धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने उनले बताए ।