कैलालीः कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन्।
जिल्लाको गोदावरी नगरपालिका–१० खमौरामा बा १२ प ४३२० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा ७० वर्षीया महिला र चालक ३५ वर्षीय गणेश कठायत घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबैजनाको अत्तरिया अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइएको छ।