धनगढी: धनगढीमा रहेको मोडर्न एरा इङ्ग्लिस स्कुलमा ४५ जनाले अक्षराम्भ गरेका छन् । सरस्वती पुजाको अवशरमा मोडर्न एरा इङ्ग्लिसमा सो बिद्यार्थीहरुले अक्षराम्भ गराएका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसरोडमा रहेको स्कुलले अक्षराम्भ सगैं सरस्वती पूजा मनाएको हो । सो अवशरमा अक्षराम्भ गराउने बिद्यार्थीपनि बढेको स्कुलका प्रिन्सिपल भुपेन्द्र बहादुर कटुवालले बताए । बिगतको तुलनामा स्कुलप्रती बिद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै उनले हाल ७ सय भन्दा बढी बिद्यार्थी अध्यायनरत रहेको जानकारी दिए ।
पूजापाठ गर्ने र सोहि अनुसार पढाइप्रति लगाव लगाउने हो भने सरस्वती माता खुसी हुने विश्वास समेत रहेको छ । तर, पूजा गर्ने बित्तिकै पढ्न आइ हाल्छ भनेर पूजाका दिनबाट पुस्तक बन्द गरिदिने हो भने माता प्रसन्न हुन नसक्ने र पढाइ सिद्धिमा समस्या आउने वुझाइ समेत रहेको छ ।
सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । सरस्वती पूजाको दिन अक्षराम्भको उपयुक्त समयको रुपमा लिइन्छ । यस दिनबाट अक्षराम्भ गरेका बालबालिकाका पढाइ जाँगर वृद्धि हुने मान्यता रहीआएको छ ।