धनगढी । धनगढीमा रहेको सुभारम्भ मन्टेश्वरी स्कुलले धुमधामका साथ सरस्वती पूजा मनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसरोडमा रहेको मन्टेश्वरी स्कुलले सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यताका साथ सरस्वती पुजा मनाएको हो । सरस्वती पुजामा सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने जानकारहरु बताउँछन्। सुभारम्भ मन्टेश्वरी स्कुलकी प्रिन्सिपल जानकी भट्ट ओझाले सरस्वती पूजा गरेकै आधारमा फरर पढ्न आउने नभइ पढ्ने इच्छा जगाइदेऊ भनेर संकल्प गर्ने दिनको रुपमा सरस्वती पूजालाइ लिनुपर्ने बताइन । उनले विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्ने तर पढ्न तर मन नलगाउने हो भने पूजाकै भरमा पढाइ पूरा नहुने बताइन ।
पूजापाठ गर्ने र सोहि अनुसार पढाइप्रति लगाव लगाउने हो भने सरस्वती माता खुसी हुने विश्वास समेत रहेको छ । तर, पूजा गर्ने बित्तिकै पढ्न आइ हाल्छ भनेर पूजाका दिनबाट पुस्तक बन्द गरिदिने हो भने माता प्रसन्न हुन नसक्ने र पढाइ सिद्धिमा समस्या आउने वुझाइ समेत रहेको छ ।
सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ। सरस्वती पूजाको दिन अक्षराम्भको उपयुक्त समयको रुपमा लिइन्छ। सरस्वती पूजाको दिनबाट अक्षराम्भ गरेका बालबालिकाका पढाइ जाँगर वृद्धि हुने मान्यता रहीआएको छ। धनगढीमा रहेको सुभारम्भ मन्टेश्वरी स्कुलमा पनि आज नयाँ आउँने वालवालिकाले अक्षराम्भ शुरु गरेको संञ्चालक मोहन राज ओझाले जानकारी दिए ।