धनगढी । स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएकाे संघकाे साताैँ साधारण सभाले खड्काकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
वरिष्ठ स्वास्थ शिक्षा अधिकृत रहेका खड्का प्रादेशिक स्वास्थ प्रवर्द्वन केन्द्रका प्रमुख समेत हुन् भने उनी प्रदेशकाे सामाजिक विकास मन्त्रालयमा पनि कार्यरत छन ।
यस्तै, संघकाे उपाध्यक्षमा विनाेद कुमार अर्याल,महासचिवमा कुञ्जप्रसद जाेशी, सचिवमा रामकुमार श्रेष्ठ, काेषाध्यक्षमा थलिन्द्र प्रसाद पंगेनी पनि सर्वसम्मत चयन भएका छन् ।