धनगढी । सीपी परियारको मायाको इतिहास गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। परियारकै शब्द र संगीत रहेको उक्त गीतमा गुंजन सिंहले साथ दिएकी छिन।
गीतको भिडियोमा पुरन सिंह र रुपा सिंहको अभिनय रहेको निर्माण पक्षले जनाएको छ। कैलालीको मनोरम दृश्य भएको राजकाँडा र चिसापानीमा छाँयकंन गरीएको उक्त गीतको निर्देशन अनमोल विकले गरेका हुन भने गीतको छायांकन प्रकाश विश्वकर्माले गरेका छन्।
यो मायाको इतिहास म्युजिक भिडियोले एउटा इतिहास बनाउने र दर्शकले मन मनपराउने कुरामा गायक परीयार ढुक्क रहेको बताएका छन। माया प्रेमको भाव देखिने यो गीतको शब्द र लय सिर्जना गायक स्वयंम परियारले गरेका हुन। परियारका यसअघि धान है काट्ने हँसिया,बैरी भयो मन, इलिगल माया, सुवा लगायतका गीत सार्वजनिक भइसकेका छन्। यहाँ https://www.youtube.com/watch?v=z9zbrR16JQI&t=2s क्लीक गरेर उक्त गीतको भिडियो हेर्नसक्नु हुनेछ।