धनगढी । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ मा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन्। वडा कार्यालय नजिकैको बाटोमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दका अनुसार घटनास्थलमा प्रहरी टोली एसपी चक्रराज जोशीको कमाण्डमा अनुसन्धान गर्न पुगेको छ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए। कलौनी मृत फेला परेको स्थानबाट ५ सय मिटरको दुरीमा उनको घर छ।