धनगढी । सुटुक्क सुदूरपश्चिम आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहिबार दिनभरी सुदूरपश्चिमका धार्मीक क्षेत्रको भ्रमण गरेका छन । नेता डा शेखर कोइरालाको साथ छोडेर पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग नजिकिएको चर्चामा बिच सुदूरपश्चिम आएका उनले देउवाको गृह प्रदेश सुदूरपश्चिमका पहाडी जिल्लामा धार्मीक भ्रमण गरेका छन ।
धनगढीबाट हेलिकप्टरमा उडेका गगन डडेलधुरा पुगेर उग्रतारा मन्दिरको दर्शन गरेका थिए भने त्यहाँबाट उनी बैतडीतर्फ उडेका थिए । बैतडीमा त्रिपुरा सुन्दरी र उदयदेवको दर्शन गरेका छन । बैतडीबाट गगन दिपायलमा रहेको डोटी विमानस्थल उत्रिए, त्यहाँ केही स्थानीय नेताकार्यकर्ता सँग विमानस्थलमै भेटघाट गरेका छन । त्यहाँबाट उनी सिलगढीस्थित शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेका थिए । सिलगढीबाट उनी खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने खप्तड त्रिवेणी धामको दर्शन गर्न पुगेका थिए ।
खप्तडबाट गगन अछामको साँफेबगर झरे, त्यहाँबाट बाजुराको प्रसिद्ध मन्दिर बडिमालिका दर्शन गर्न गए । बडिमालिकाबाट फेरी साँफेबगर पुगेका थिए । यसरी एक दिनको धार्मिक भ्रमण गरी गगन फर्किएका छन्