धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ मा रहेको ग्वासी समैजी देवस्थल मालुवेलामा मेला ९जात० लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन लाग्ने मेला यस वर्ष पनि माघ २२ गते लाग्ने स्थानीय जीवन राज भट्टले बताए ।
उनले ग्वासी समैजीमा लाग्ने मेला अघि माघ शुक्ल पञ्चमीका दिन माघ २० गते ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका – १२ बड्डीमछेली कुमीझाल मा मेला लाग्ने बताए । त्यसको भोलिपल्ट माघ २१ गते राती रतेडी भई माघ २२ गते मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा मेला लाग्ने उनले बताए ।
यस मन्दिरमा लाग्ने मेलाको दर्शन गर्न कञ्चनपुर कैलाली सँगै डोटी, डडेल्धुराबाट पनि दर्शनार्थी आउने गरेका छन् । यहाँ दर्शन गर्नाले मनले चिताएको पुरा हुने जनविश्वास रही आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव राज भट्टले बताए ।